धरान  / प्रदेश १ मा तीन जनामा कोरोना संक्रमण भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा आइतबार कोरोना देखिएको छ भने धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिएको घिमिरेले जानकारी दिए ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

आइतबार मात्र नेपालमा १३ जनामा संक्रमण पुष्टि भएको छ । यो संँगै संक्रमितको संख्या २९५ पुगेको छ । हिजो एक जना महिला र आज एक जना पुरुषको ज्यान गइसेको छ ।