ब्लाष्टखबर ।  बाँकेमा  थप १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

नरैनापुर ५ का  २५ बर्षीय युवाको आइतबार बिहान  मृत्यु भएकाे स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देभकाेटाले जनाएकमा छन् । याे संगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ पुगेकाे छ ।

यस अघि शनिबार सिन्धुपाल्चोककी १० दिने सुत्केरी  २९ बर्षीय महिलाकोकाे मृत्यु भएकाे हाे । बैशाख ३० गते भारतबाट आएका ती युवाकाे स्वास्थमा समस्याआइ ज्वराे र पखलालागेका उनकाे आज (आइतबार ) बिहान ६ बजे मृत्यु भएकाे प्रवक्ता देवकाेटाले जनाएका छन् । देवकाेटाका अनुसार ति युवाकाे स्वास्थ परीक्षण गर्दा काेराेना संक्रमण देखाएकाे हाे ।