धरान । कोरोना महामारीका कारण मनोरञ्जन दुनियालाई पनि थला पारेको छ । हरेक शुक्रबारका दिन रिलिज हुँदै आएका कतिपय फिल्महरू कहिले रिलिज हुने हो मिति तय हुन सकेको छैन । किनकि कोरोना महामारीले विश्वभर संक्रमित हुने र मर्नेको संख्या बढेको बढ्यै छ ।

यही अवस्थालाई मध्यनजर गर्दै बलिउडका केही फिल्महरू सिधै अनलाइनमार्फत् रिलिजको तयारीमा रहेका छन् । त्यसमध्ये बिगबी अमिताभ बच्चन अभिनित फिल्म ‘गुलाबो सिताबो’ अनलाइनमा रिलिज गरिन लागिएको छ । एमेजम प्राइममा यो फिल्म रिलिज हुन लागेको छ । फिल्ममा आयुस्मान खुराना र अमिताभ बच्चन प्रमुख भूमिकामा देखिएका छन् । जुन १२ का दिन यो फिल्म रिलिज गरिने तय गरिएको छ ।

TAB-20026-Ayushmann-and-Amitabh-in-Gulabi-Sitabo-1-1582712899442_170810a4774_original-ratio

photo source: gulfnews

त्यस्तै नवाजद्दिन सिद्धिकि अभिनित फिल्म ‘घुमकेतु’ पनि अनलाइनमार्फत् नै रिलिज गरिन लागिएको छ । मे २२ तारिखका दिन रिलिज गर्न लागिएको यस फिल्ममा एउटा शौखिन लेखकले मुम्बईमा पुगेर गरेको संघर्षलाई देखाइएको छ । अनुराग कस्यपले फिल्मको निर्देशन गरेका हुन् । जि ५ मा फिल्म रिलिज गर्न लागिएको हो ।

Ghoomketu_172130bf1e0_original-ratio

photo source: gulfnews

जान्ह्वी कपुरद्वारा अभिनित ‘गुञ्जन सक्सेना दी कारगिल गर्ल’ नामक फिल्म पनि अनलाइनमै रिलिज गर्न लागिएको छ । जहाँ प्रमुख भूमिकामा जान्ह्वीलाई देखाइएको छ । जो लडाकू विमानको चालिका हुन्छिन् । भारतकी पहिलो लडाकु विमान चलाउने पाइलटको कथामा आधारित रहेको छ । फिल्ममा जान्ह्वीका अलवा पंकज त्रिपाठी, भिनितकुमार सिंहलगायतका कलाकार रहेका छन् ।

Kargil-Girl-poster-1567147510581_16ce1454b3a_original-ratio

photo source: gulfnews

नयाँ स्टारर इन्सान खत्तर र अनन्या पाण्डे अभिनित रोमान्टिक फिल्म ‘खाली पिल्ली’ पनि अनलाइनमा नै रिलिज गर्न लागिएको छ । दुई जना मानिसको इन्काउन्टर भएपछि कथाले कस्तो मोड लिन्छ भन्ने विषयवस्तुलाई फिल्ममा उतारिएको छ ।

TAB-1908928-Ishaan-Khatter-AND--Ananya-Pandey-1566981339971_16cd75dbb45_original-ratio

photo source: gulfnews

त्यस्तै अक्षयकुमार अभिनित हास्यप्रधान होरर फिल्म ‘लक्ष्मी बम्ब’, अक्षयकुमार, अजय देवगन, जोन अब्राहम अभिनित ‘सूर्यवंशी’ पनि अनलाइनमा रिलिज गर्ने कि सिनेमा घरमा भन्ने अन्यौलका बीच गुज्रिरहेका छन् ।