धरान / अहिले विश्वनै कोरोना संक्रमणले पीडामा छ ।कोरोना महामारीबाट बच्न अहिलेको परिवेशमा एकमात्र उपाय दुरी कायम गरी घरमै बस्नु नै रहेकोले सबैतीर लकडाउन गरिएको छ । अहिले हामी सबै मिलि कोरोना महामारीसँग जुध्नको लागि एकमात्र उपाय लकडाउनको पालनाले नै हाम्रो देशमा यसले महामारीकै रुपमा लिईसकेको त छैन तर पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

यसै सन्दर्भमा धरानका केहि संगीतकर्मीहरु मिलि कोरोना महामारीबाट बच्न घरमै बसौं भन्दै एउटा सचेतनामुलक गीतको भिडियो तयार गरेका छन् ।
संगीतकर्मीहरु रोहित मास्के , हेम सुब्बा , सन्जिब लामा तामाङ र मनोज मोतेको समुहले घरमै गीत रेकर्ड गरेर मोबाईलबाट नै भिडियो खिचेर मोबाइलबाट नै सम्पादन गरी म्युजिक भिडियो समेत तयार गरेका छन् ।

उक्त ‘हामी बाँचौ,यो देश बचाऔं , संसारलाई बचाऔं ू बोलको गीत को रचना ,संगीत , संगीत संयोजन रोहित मास्केको रहेको छ भने रोहित मास्के,सन्जिब लामा तामांग र मनोज मोतेले स्वर दिएका छन् । त्यस्तै गीतको मिक्सिङ्ग हेम सुब्बाले गरेका छन् भने म्युजिक भिडियोको कन्सेप्ट तथा सम्पादन सन्जिब लामाले गरेका छन् ।

बन्द छ नभनी देउ , जित्नु छ यो लडाईं हामीले मिलेर
लड्नु छ हामी एक भई जित्नु छ हामी बन्दी भई यहाँ
जोगिनु छ सबैले
हामी बाँचौ , यो देश बचाऔं , संसारलाई बचाऔं

अहिलेको यो महामारी देखेर हामी सबै मिलेर यो महामारीबाट बच्न घरमै बस्न अनुरोध सहितको यो गीत तयार गरेको गायक रोहित मास्केले बताए । घरमै बसे पनि प्रविधिको प्रयोग गरेर सबैले घरबाट नै काम गरेर यो गीत तथा म्युजिक भिडियो तयार गरेको गायक सन्जिब लामाले बताए ।
गीतको लिंक

hami banchau