धरान  / धरान–१३ स्थित भीसी रेसिडेनटल होममा बस्दै आएका ७० देखि १०० बर्षा उमेरका जेष्ठ नागरिकहरुले रमाएर होली मनाएका छन् ।
पहिलो पटक आफ्नो दौतेरी साथीहरु भेला भएर होली मनाएका हुन ।
पुराना पल्टनका साथीहरुसँग होली खेल्न पाउदा धेरै खुशी लाग्गेको खोटाङका ७८ बर्षीया पदमबहादुर राईले बताए ।
त्यस्तै इलामका ८० बर्षीय सन्त माया राई रमाइलो गर्न पाउँदा निकै खुशी लाग्गेको सुनाइन ।
कोराना भाइरसको कारण सानो कार्यक्रमको आयोजना गरे आरएच बस्ने बाजे बोजुहरुसँग रमाइलो गरेर यसपालीको होली मनाएको धरान वल्फेयर कार्यालयका प्रमुख पुर्ण लिम्बूले बताए ।

यहाँका जेष्ठ नागरिकले होली रङ् खेल्दै विभिन्न परिकारका खानेकुरा खादै नाचेर होली मनाएका छन् । भीसी रेसिडेनटल होममा २० जना जेष्ठ नागरिक बस्दैं आएका छन् ।