धरान/ इटहरी उपमहानगरले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको छ ।

विश्वव्यापीकरण रुपमा फैलिरहेको कोरोना सङ्क्रमणबाट बच्नका लागि पनि नगरबासीलाई भीडभाड नगर्न आग्रह गरेको हो ।

उपमहानगरले भीडभाड हुने धेरै मान्छे भेला हुने मेला महोत्सव, सभा, समारोह र भोजभतेर नगर्न अनुरोध गरेको छ ।

चिकित्सकका अनुसार कोरोनाका कारण मृत्युदर सयमा २–३ जना मात्र भएकाले भ्रम नफैलाउन र मनोबल उच्च राख्न उपमहानगरले आग्रह गरेको छ ।