सुनसरी । इटहरीमा सञ्चालित स्वारा स्किन एण्ड हेयर क्लिनिकको वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवका अवसरमा शुक्रबार दुई सय भन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको कार्यकारी निर्देशक अनिल यादवले बताए ।

सो क्लिनकले छाला, यौन रोग, कुष्ठरोग तथा सौन्दर्य सम्वन्धी उपचार गराउँदै आएएको यादवको भनाई छ । अनुहारको चाउरी पना, मुसा, दाग, कपाल झर्ने, नडको समस्या, कस्मेटिम्स समस्यालगायत लेजरको सेवा प्रदान गर्दै आएको कार्यकारी निर्देशक यादलले जानकारी दिए ।