धरान / एक महिलालाई यौनशोषणको भनी जाहेरी परेका संघीय प्रहरी इकाई धरानका एसएसपी सौरव राणा जिल्ला अदालत सुनसरीले पक्राउ पुर्जी जारी गरेपछि आफै जिल्ला प्रहरी कार्यालय इनरुवा पुगेका छन् ।
प्रहरीको प्रतिवेदनमा राणालाई अदालतले आज पक्राउ गर्ने अनुमति दिएको थियो । तर प्रहरीले पक्राउ गर्नु अगावै जिप्रका इनरुवामा हाजिर भएका छन् । आफै हाजिर भएकाले कानुनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय इनरुवाका प्रवक्ता एवं डिएसपी विनोद शर्माले जानकारी दिए ।
उनी करिव १ बजे आफू विरुद्ध उजुरी परेको भन्दैं पुगेको बताइएको छ । उहाँ आफै आउनु भयो । अव हामी पक्राउ पूजी उहाँलाई दिन्छौ र अदालतमा हाजिर गराउछौं । जाहेरी परिसकेपछि हामीले गर्ने काम पुरा गछौं ।’–डिएसपी शर्माले भने ।

यौन शोषण गरेको भन्दैं राण विरुद्ध एक महिलाले बिहिबार जाहेरी दर्ता गराएकी थिइन् । पटक पटक यौन शोषण गरेको र गत साउनमा भने इटहरीको एक होटलमा बलात्कार गरेको भन्दैं प्रहरीमा ती महिलाले जाहेरी दिएकी छन् । उनी विरुद्ध उजुरी परे पछि गृहमन्त्रालयले उनलाई ६ महिनाका लागि यस अघि नै निलम्बन गरिसकेको छ ।