दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ को ‘मनको मौलोदेखि मन्दिरसम्म’ बोलको गीत सार्वजनिक गरिएको छ ।
केतन क्षेत्रीको स्वर रहेको गीतमा भूपेन्द्र खड्काको शब्द र सुवाश भूषालको सङ्गीत छ । यो गीत फिल्मको एक मात्र गीत हो ।
फिल्ममा निर्देशक खनालकै लेखन तथा छायाङ्कन, लेखन रहेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भूषाल, टीका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मा, सरोज अर्याल, अश्मिता खनाल, सुदीप खतिवडा, झकेन्द्र जिसी, विकास खनाललगायतको अभिनय रहेको छ । शर्मिला पाण्डेको निर्माणमा बनेको फिल्म फागुन ९ गते रिलिज हुनेछ ।