धरान / संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रमुख एसएसपी सौरभ राणालाई एक महिलालाई यौन शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गर्ने तयारी गरे पनि आज अदालत बन्द भएका कारण पक्राउ आदेश लिन सकेन ।
एक सहकर्मी महिलाले लामो समयदेखि एसएसपी राणाले यौन शोषण गरेको भन्दैं जाहेरी दिए पछि प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि विहीबार निलम्बन गरे पछि जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गर्ने तयारी गरेको थियो ।।
ती महिलाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
सुनसरी जिल्ला अदालतमा निलम्बनमा परेका एसएसपी राणालाई जवरजस्ती करणी मुद्धामा पक्राउ गरि अनुसन्धान गर्नका लागी प्रहरी प्रतिवेदन तयार गरि शुक्रबार बसझाएको थियो । तर आज ढिलो भएका कारण अदालतबाट आदेश जारी नभएको सनुसर िप्रहरी प्रवक्ता तथा डिएसपी विनोद शर्माले जानकारी दिए । ‘आज अदालत बन्द भएका कारण प्रक्रिया पुगेन । आइतबार अदालतले आदेश जारी गरे प्रहरीले पक्राउ गर्ने छ ।’–डिएसपी शर्माले भने ।
राणाले २०६९ सालमा एसपी हुदा जिल्ला प्रहरी कार्यालय सुनसरी हुदा र क्षेत्रीय ट्राफिक इटहरी बस्दादेखि ती महिलासँग चिनजान भई हिमचिम बढेको बताइएको छ । यता राणाले भने आरोप सत्य नभएको दावी गदैं आएका छन् ।