ब्लाष्टखबर । धरानकी एक महिला यौन दुर्व्यवहार गरेको आराेपमा संघीय प्रहरी इकाइ धरानमा कार्यरत एसएसपी सौरभ राणा निलम्बनमा परेका छन् । 

 गत कार्त्तीकमा आफूलाई एसएसपीले यौन दुर्व्यवहार गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राईलाई भेटेर उक्त महिलाले उजुरी गरे पछि गृह मन्त्रालयले बिहिबार उनलाई निलम्बीत गरेको  मन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले जनाएका छन् ।

गृहले थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ । राणाले भने आरोप अस्वीकार गर्दै आएका छन् ।