ब्लाष्टखबर । धरान उपमहानगर ६ पानबारीमा भरूवा वन्दुक र मृत बदेल सहित ४ जना  पक्राउ परेका छन् । 

पानबारीमा रहेकाे प्रहरी चौकीबाट खटिएकबाे गस्ती टाेलीले विशेष सुचना तथा सुराकीका अाधारमा उनीहरूलाईमध्यराती चारकाेसे झाडीकाे जङ्गलबाट बदेल  मारेर फर्कदै गर्दा गौडे आहालबाट पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएकाे छ । 

पक्राउ पर्नेहरुमा धरान ६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाल रहेका छन् । उनिहरूकाे साथबाट १० केजी बराबरकाे मृत बदेल र २ नाल भरूबा बन्दुक फेला परेकाे कार्यालयले जनाएकाे छ ।

बदेल मारेर जङ्गलबाट फर्कदै उनिहरूले प्रयाग गरेकाे को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटरसाईकल दुईबाट समेत नियन्त्रणमा लिइएकाे इलाका प्रहरी कार्यालय धरानका  डिएसपी ढुण्डीराज न्याैपानेले बताए । पक्रउ परेका चारै जना हातहतीयार तथा खरखजना तथा चाेरी  सिकारी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहकाे डिएसपी न्याैपानेले जानकारी गराएका छन् ।

मृत  बदेललाई अावस्क कारबाहीको लागि सेक्टर बन कार्यालय तिनकुनेमा जिम्मा लगाईएको छ ।