धरान / चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु बन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोसीटप्पु बन्यजन्तु आरक्षमा मात्रै ५ सय २६ प्रजातिका चराहरु पाइने रेकर्ड छ । पछिल्लो समय आरक्षमा सेतो पेटे रानी चरी नामक प्रजातीको चरा फेला परेको हो । विश्वमै दुर्लभ मानिने उक्त चरा नेपालको कोशी टप्पुमा फेला परेको कोशी टप्पु वर्ड वाचिङ्ग क्याम्पका संचालक कुरबान मंसुरीले जानकारी दिए । चराको आकार एकिन नभए पनि टाउको वरपर खैरो,पेट सेतो र पछाडिको भाग कालो रंग भएको चरा फेला परेको हो । नेपाली नाम ‘सेतो पेटे रानी चरी’ र अग्रेजी नाम ‘एसी मेनीभेट’ नाम रहेको चरा विज्ञ डा.हेम सागर बरालले जानकारी दिए । उनका अनुसार ‘नयाँ प्रजाति’ भनेर प्रचार गरिए पनि उक्त चरा सन् २०११ नोभेम्बर १९ मा चरा विज्ञ बद्री चौधरीलगयतले रेकर्ड गरेका थिए । भारतबाट आएको रैथाने उक्त चरा दुर्लभ भन्दा पनि कम देखिने चरामा पर्छ । त्यस बेला दुई प्रजाती ‘एसी मेनिभेट’ र ‘सुइनोज मेनिभेट’ प्रजाती रेकर्ड भएका थिए । तर त्यस पछि हालसम्म फेला परेको थिएन । तर उक्त चरालाई वर्ड अफ नेपाल पुस्तकमा ‘अति दुर्लभ चरा’ भनेर उल्लेख गरेको चरा विज्ञ बद्री चौधरीले बताए । उनका अनुसार यस अघि रेकर्ड भए पनि तस्विर कसैले खिचिएको थिएन । यस बर्ष उक्त चराको तस्विर लिन सफल भएको चौधरीले बताए । यस चराको विषयमा डा. बरालले सन् २०१६ मा लेखेको ‘वर्ड अफ सप्तकोशी’ पुस्तकमा समेत उल्लेख छ ।
कोशी टप्पु वर्ड वाचिङ्ग क्याम्पका संचालक तथा फोटोग्राफर संजय था श्रेष्ठले माघ ९ गते उक्त चरा देखेर तस्बिर खिचेका छन् । चरा नयाँ प्रजाती जस्तो लागे पछि प्रमाणीकरणका लागि पक्षी संरक्षण संघमा उलने खवर गरेका थिए । नेपालका चराविद् डा. हेमसागर बरालसमक्ष उनले पु¥याएका थिए । चराहरुको विषयमा पिएडी गरेका बरालले उक्त चरा नेपालमा कमदेखिने चरा भएको बताए । पछिल्लो समय सञ्जय था श्रेष्ठ र झापाका देबेन खरेलले तस्विर खिचेको डा. बरालले बताए । श्रेष्ठले खिचेको तस्विर प्रष्ट देखिएको उनको भनाई छ । नेपालमा भएका ८८६ प्रजाती चरामा पेटे चरा उल्लेख छ । चराहरुको राष्ट्रिय निकुञ्ज विभाग र डिसिएन संस्थाले निकालेको चेक लिष्ट र बरालले नै २०१६ मा लेखेको बर्ड अफ सप्तकोसी भन्ने पुस्तकमा समेत उल्लेख छ । रकर्ड पहिले नै भए पनि चराको तस्विर भने कोशी टप्पुमा पहिलो पटक खिचिएको बरालले जानकारी दिए ।
आरक्षणका वार्डेन रामदेव चौधरीका अनुसार चाइना,रसिया,पाकिस्तान,बङ्लादेश,भारत, भुटानबाट कोशी टप्पुमा चरा आउने गर्छन । चखेवा, कराङकुरुङ रसियाबाट आएका हुन । यि चरा विश्वमा धेरै लामो दुरी उड्न सक्ने पक्षीका रुपमा चिनिन्छ । नेपालमा पाइने जम्मा ८८६ प्रजातीमध्ये ५९ प्रतिशत चरा कोशी टप्पुमा पाइन्छ ।birds

फाइल फाेटाे