विराटनगर । विराटनगर महानगरपालिका – ८ बलवाइकी – १० वर्षिय गुडिया भनिने रुमति दासको बलत्कारपछि हत्या गर्ने दुई जना अभियुक्तलाई जिल्ला अदालत मोरङले आजीवन कैदको फैसला गरेको छ ।
विराटनगर – ८ बलुवाहीका १९ वर्षिय चन्दु महतो र सोही ठाउँका २५ वर्षिय भुट्टु भन्ने अब्बास अन्सारीलाई मोरङ अदालतको न्यायधीश तेजबहादुर खड्काको इजालशले जिवित रहेसम्म कैदको फैसला गरेका हुन् ।
मुलुकी अपराध संहिता २०७४ को दफा ४१ र दफा १७७(२) अनुसार पुर्पक्षका लागि थनुामा रहेका महतो र अन्सारीलाई अदालतले आजिवित कैदको फैसला गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।
दासको हत्या गर्ने महतो र अन्सारी छिमेकी हुन् । मोरङ प्रहरीले एक साता लामो अनुसन्धानपछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्नलाई पक्राउ गरेर मोरङ अदालतमा जवरजस्ती करणी र कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो । उनीहरूले बलत्कार गरेपछि रुपमतिको घाटी थिचेर गत माघ १२ गते रातको ८ बजेको समयमा हत्या गरेका थिए ।
रुमतिको बलत्कारपछि हत्या गरेपछि प्रमाण नष्ट गर्न उनीहरूले कपडा मरेको मान्छेको फाल्ने खोल्सीमा फालिदिएका थिए । रुमतिको हत्या गरेपछि विराटनगर–८ बलुवाह स्थित बलत्कार गरेको ठाउँदेखि १ सय मिटर टाढा ढिलबाट सिंघिया खोलामा शव अभियुक्तले फालिदिएका थिए ।