ब्लाष्टखबर । गैंडाको खागसहित काठमाडौं महानगरपालिका-८ चावहिलका खब खत्री  र बाजुराको बुढीगंगा नगरपालिका-६ का दिनेश थापा पक्राउ परेका छन् ।

खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ काठमाडौं हानगरपालिका-७ चावहितबाट उनीहरुलाई पक्राउ गरेको हो ।  २५ लाखमा उनिहरूले खागकाे बिक्री गर्न लागेकाे जनाएकाे छ ।

उनिहरू बस्ने  कोठा र  शरीरको  खानतलास गरी प्रहरीले एक थान गैंडाको खाग बरामद गरेको महानगरीय प्रहरी वृतले जनाएकाे छ । उनिहरूमाथी थप अनुसन्धान भइरहेको वृतले जनाएको छ ।