धरान / वीपी प्रतिष्ठान हातभित्रबाट डाक्टरको मोटरसाइकल हराएको छ । गत माघ ८ गते ।प्रतिष्ठानको हाता भित्र पार्किङ गरी राखेको लु १७ प २८६१ न. को डा. जितेश ठाकुरको पल्सर मोटरसाईकल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
डा। जितेश ठाकुरले दिएको हुलिया अनुसार प्रहरील धरान १५ खोरीयाबस्तीमा फेला पारेको छ । खोरियाबस्तीका २१ बर्षीय रितेश सुब्बालाई सो मोटरसाईकल सहित फेला पारी सोधपुछ गर्दा निज लगायत धरान(८ बस्ने बर्ष १९ को पवन बिकले चोरी गरेको खुलेको थियो । दुर्वैलाई प्रहरीले पक्राउ गरि कुरा खुलाएकोमा निज पवन बिकसमेतलाई पक्राउ गरी सम्मानित अदालतबाट म्याद थप भई चोरी मुद्दामा अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।