विराटनगर /  अन्तराष्ट्रिय नेटर्वक बनाएर अनलाइन सपिङको नाममा लाखौं रुपैयाँ ठगि गर्ने गिरोहको मुख्य नाइेकेसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँसहित उनीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
ठगीमा संलग्न मुख्य गिरोह मोरङ सुन्दरहरैचा नगरपालिका–३ का ३६ वर्षिय बिशाल अर्याल भन्ने निरन्जनप्रसाद आचार्य, खोटाङ जन्तेढुंगा गाउपालिका ४ का २२ वर्षिय शिवजी खड्का, सोही ठाउँकी २० वर्षिय देवी चौलागाई, धरान नगरपालिका २० बिष्णुपादुकाकी २० वर्षिय भावना राई, सोही ठाउँकी १९ वर्षिय सरिता परियार, २० वर्षिय वर्षा कार्की, २३ वर्षिय सानु गौतम र २१ वर्षिय लक्ष्मी कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई केही दिन अगाडी विभिन्न मितिमा पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ठगका मुख्य गिरोह आचार्य रहेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ ।
वेष्ट बाई नामक फेसबुक पेजबाट सामान अडरका नाममा पैसा लिदै सम्पर्क बिहिन हुने निरञ्जनले अन्य सातजनालाई परिचालन गर्दै आएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । युवतीहरुले भने बैंक खाता खोल्नका लागि नागरिकता दिएका थिए । चौलागाई र खड्का भने बैंकबाट पैसा निकाल्ने काम गर्दै आएका थिए । १७ व्यक्तीको ७८ वटा बैंक खाता खालिएकाे पाइएकाे छ । उनीहरूकाे साथबाट  ६७ लाख ९९ हजार बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता अनुसार ठगी, बैंकिङ कसुर, सरकारी छाप किर्ते, दोहोरो नागरिकता र संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाउन लागिएको अधिकारीले जानकारी दिए ।