नवलपरासी । गैंडाकोटमा टिपरको ठक्करबाट रूपन्देहीको बुटवल शीतलनगर बस्ने ३५ वर्षीय भुवन केसीको निधन भएको छ ।
बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते केसीलाई उपचारका लागि जिल्ला अस्पताल चितवन लगिएकोकोृ थियो । मोटरसाइकलको पछाडि बस्ने गैंडाकोट–५ का २६ वर्षीय शशि कपुर केसीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।