महिला अनुयायी बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले पुर्पक्षको लागि थुनामा राख्न आदेश पाए संगै भारत फरार भएका छन् ।

सुनसरी जिल्ला अदालतले धरौटीमा छोड्न गरेको आदेश बदर गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले बिहीबार गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको दिएको थियो । तर, चतरास्थित आश्रमबाट विराटनगर जाने भन्दै हिँडेका कृष्णदास मुद्धाको सुबाई हुनु अगाबै भारत फरार भएका छुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) ख बमोजिम कृष्णदासलाई मुद्दाको पुर्पक्षको लागि थुनामा राख्न उच्च अदालत विराटनगरले आदेश दिएको थियो इजलासमा कृष्णदास विरुद्धको मुद्दाको सुनुवाइ चलिरहेका बेला उनी भने सुरक्षा गार्ड फिर्ता गरेर भारततिर लागेका छन् ।

विराटनगर जाने भनेपछि सामान्य निगरानी राखेकाको प्रहरीलाई उनी भारत जोगमुनी नाकाबाट भारत छिरेका छन् ।उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले हवल्दार मुकेश साहलाई खटाएको थियो । । ग.१ च ८१५७ नम्बरको पजेरो गाडी चढेरका कृषणदास हवल्दारसहित सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका पुगेका थिए । जेगमुनीबाट हवल्दार मुकेश साहलाई फिर्ता पठाएर दक्षिणतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अदालतले थुनामा राख्ने आदेश दिनसक्ने सुइको पाएकोले कृष्णदास फरार भएको हुनसक्ने आसंका गरीएको छ । ‘तत्कालका प्रमाणहरू हेर्दा प्रतिवादीलाई अहिले नै कसूरदार होइन भन्न सक्ने अवस्था नहुँदा कृष्णदासलाई मुद्दाको पुर्पक्षको लागि तीन लाख धरौटी वा जमानत लिई तारेखमा राख्ने गरी सुनसरी जिल्ला अदालतले गरेको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ’ उच्च अदालतले गरेको आदेश पत्रमा उल्लेख छ ।

गत पुस १४ गते सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले गत पुस २२ गते उच्च अदालत विराटनगरमा पुनरावेदन (१७ नम्बर) गरेका थिए ।

सिद्धबाबाले पनि पुस २३ गते उच्च अदालतमा साधारण तारखेमा राखेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दर्ता गराएका थिए । बिहीबार भएको बहसमा सरकारी वकिलको तर्फबाट उपन्यायाधीवक्ता रामकुमार थापा, पदमबहादुर वस्ती, जिल्ला न्यायाधीवक्ता गोकुलबहादुर निरौला, शाखा अधिकृत रेवती सुवेदीले बहस गरेका थिए । प्रतिवादीको तर्फबाट ९ जनाले बहस गरेको थिए ।

सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मङ्सिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी दिउँसो करिब १ बजे भारततर्फ लागेका हुन् । रानीबाट दक्षिणतर्फ लागेका सिद्धबाबा कहाँ गए भन्ने केही जानकारी नभएको मोरङका डिएसपी लोकदर्शन थापाले बताए ।

सिद्धबाबाका अनुयायीहरूले भने सिद्धबाबा उपचारका लागि दिल्ली गएको बताएका छन् । चतरास्थित रामान्दाचार्य सेवा पीठका अध्यक्ष गणेश सुब्बा विरहीले विराट नर्सिङ होमले थप उपचारका लागि भारत रेफर गरेकाले कृष्णदास उपचारका लागि गएको बताएका छन् । यसैबीच कृष्णदास कुनै पनि हालतमा वराहक्षेत्रवासीलाई स्वीकार्य नहुने भन्दै चतरामा महिला आधिकारकर्मीहरूले मौन धर्ना गरेका थिए ।