धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नीति निर्माण गर्ने महत्वपूर्ण बैठक करिव ढेड बर्ष पछि आज बस्दैं छ । बैठक बस्दैं गर्दा प्रतिष्ठानमा आवश्यक पदाधिकारी भने पूर्ण हुन सकेका छैनन् । भदौंदेखि रजिष्टार पद खाली छ । साउनदेखि नै कार्यवहाक उपकुलपतिबाट काम हुदैं आएको छ । उपकुलपति, रेक्टर र रजिष्टार एउटै व्यक्तिले प्राडा गुरुप्रसाद खनालले चलाउदैं आएका छन् ।
प्रशासनीक गतिवधी संचालन गर्ने रजिष्टार तुलबहादुर श्रेष्ठको गत भदौंमा पदावधी सकिए पनि गत साउनमा भ्रष्टचार मुद्धा लागे पछि निलम्बनमा परेका थिए । उनीसहित पूर्व उपकुलपति, पूर्व रजिष्टारलगायत ८ जना विरुद्ध विशेष अदालतमा करिव २० करोड विगो माग दावीसहितको भ्रष्टचार मुद्वा छ ।
भदौंमा रजिष्टारको पदावधी सकिए पनि नयाँ नियुक्ति हुन सकेको छैन् । गत मंसिरमा सिनेट बैठक तय गरिए पनि तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदाधिकारी नियुक्ति पछि मात्र सिनेट गर्न सकिने भन्दैं बैठक स्थगित गराएका थिए ।

को होला रजिष्टार
नयाँ स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आए पछि आज सिनेट बैठक तोकिएको छ । यो समाचार तयार पार्दासम्म प्रतिष्ठानमा कुनै पदाधित्रकारी नियुक्ति भएका छैनन् । रजिष्टार नियुक्तिका लागि दौडधुप भने शुरु भएको छ । पदाधिकारी नियुक्ति राजनीतिक नियुक्ती भएकाले आकांक्षीहरुले मन्त्री नेता भेटघाट बाक्लो बनाएका छन् ।
रजिष्टारको आकांक्षीमा पत्रकारदेखि प्राध्यापक, चिकित्सकसमेत लाइनमा छन् ।
कानुन व्यवसायीसमेत रहेका पूर्वक्षितिज प्रकाशन प्रालिका प्रबन्ध निर्देशक किशोरकुमार कार्कीको नाम रजिष्टारमा चर्चामा छ । २०५२ सालदेखि कार्कीले ब्लाष्ट दैनिकको उत्कृष्ट व्यवस्थापन गरेर मोफसलको १ नं. पत्रिका बनाउन सफल भएका छन् । कानुन, प्रशासनिक क्षेत्रसँगै पत्रकारितामा लामा अनुभव संगालेका कार्की धरानका स्थानीयवासी पनि हुन् । उनले मन्त्री भानुभक्त ढकाललाई प्रतिष्ठानको सुधारका लागि कार्ययोजनासमेत बुझाईसकेको बताएका छन् ।
रजिष्टारका लागि प्रतिष्ठानमै कार्यरत चिकित्सक स्त्री रोग विभागका प्रमुख डा. मोहनचन्द्र रेग्मीसमेत आकाक्षी रहेको बताइएको छ । उनी प्रशासनीक क्षेत्रमा भन्दा बढि दक्ष प्राविधीक क्षेत्रमा रहेका छन् । कार्की र रेग्मी दुवै नेकपासँग आवद्ध छन् । प्रतिष्ठानमा कार्यरत कर्मचारी कमल रायामाझीले पनि रजिष्टारमा आकाक्षा देखाएका छन् । उनी राप्रपा निकट मानिन्छन् । निलम्बनमा परेका रजिष्टार तुलबहादुर श्रेष्ठका नजिक मानिने रायामाझी भनसुनका लागि प्रधानमन्त्री कार्यालय पुगेर सामाजिक सञ्जालमा फोटोसमेत हालिसकेका छन् । तर रजिष्टारमा किशोर कार्कीको नाम आए पछि उनले किशोर कार्कीलाई समर्थन गरेर डिपुटी रजिष्टारमा लभिङ गर्ने बताएका छन् । रजिष्टारको आकाक्षीमा प्रतिष्ठान कै नर्सिङ विभागका प्राध्यापक श्याम लम्साल पनि लागि परेका छन् । काङ्ग्रेस निकट मानिने लम्सालसँग एक कार्यकाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्टार भएर काम गरेको अनुभव छ । यस्तै प्रतिष्ठानकै फोसेन्सीक विभागका डा सिवेन्द्र झा, हालका अस्पताल सहायक निर्देशक डा. दिलिप ठाकुरको पनि नाम चर्चामा छ । उनीहरु तत्कालिन माओवादी निकट मानिन्छन् । सिबेन्द्र झालाई पूर्व उपकुलपति वीपी दासको साथ सहयोग रहेको छ । यस्तै पब्लिक हेल्थ विभागका जिडी बराल पनि आकाक्षी रहेको बताइएको छ ।
प्रतिष्ठान श्रोतका अनुसार डा. मोहनचन्द्र रेग्मीलाई रजिष्टार नियुक्त गर्न स्वस्थ्यमन्त्री सकरात्मक भएका थिए तर प्रतिष्ठानकै अर्का एक चिकित्सकले एक संघीय सांसदसहितको टोली गएर नियुक्त गर्न नहुने सुझाव दिएको बताइएको छ । जसका कारण मन्त्री ससङकीत भएका छन् । रजिष्टार पनि गलत व्यक्ति नियुक्त भए समस्या हुने कुरा मन्त्री समक्ष पु¥याएका कारण रजिष्टार नियुक्ती अव उपकुलपति नियुक्त पछि मात्र सम्भव हुने प्रतिष्ठानका एक चिकित्सकले बताए ।

धरानवासी, प्रशासनिक क्षमता राख्नेलाई बनाऔं 

वीपी प्रतिष्ठानको रजिष्टारमा प्रतिष्ठानलाई नजिकबाट निहालेका धरानवासी, प्रशासनीक क्षमता राख्ने र बेथिति, भ्रष्टचार उधिन्न सक्ने हैसियत भएका व्यक्रिलाई नियुक्ती दिनु पर्ने धरानका स्थानीयवासी तथा राजनीतिककर्मी ड्म्बर गुरुङ बताउछन् । ‘विगतमा सरकारको कमजोरीले प्रतिष्ठान समस्यामा परेको छ । अव सरकारले गल्ती गनुृ हुदैंन । हाम्रो भन्दा पनि राम्रो मान्छेलाई नियुक्ति गरेर धरानको गहनालाई सुरक्षित बनाउनु पर्छ ।’–गुरुङले भने ।
उपकुलपतिमा चर्चा
रेक्टर गुरुप्रसाद खनाल कार्यवहाक उपकुलपति हुन । प्रतिष्ठान भित्रबाट नियुक्ति पाएका पूर्व उपकुलपतिहरु डा. राजकुमार रौनियार र बलभद्रप्रसाद (वीपी) दासलाई भ्रष्टचारको मुद्वा लागेकाले अवको उपकुलपति प्रतिष्ठान बाहिरबाट नियुक्ती गर्ने सरकारले तयारी गरेको बताइएको छ । उपकुलपतिको चर्चामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. अर्जुन कार्की, विराट नर्सिंङ होमका संचालक डा. ज्ञानेन्द्र गिरीको नाम रहेको छ । रेक्टर तथा कार्यवहाक उपकुलपति भएर काम गरिसकेका डा. गुरु खनाल पनि उपकुलपतिका दावेदार हुन । सिनेट पछि उपकुलपति नियुक्ति गरि अन्य पदाधिकारी नियुक्ती गर्ने तयारीमा स्वास्थ्यमन्त्री रहेको बताइएको छ ।

BP-Koirala-health_20180916102234