धरान  / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ४३औं सिनेट बैठक भोली शुक्रबार काठमाडौमा बस्दैंछ । सिनेट नजिकिँदै गर्दा यहाँका कमैचारी, चिकित्सकहरूले विभिन्न माग तथा सिनेटमा उठाइनु पर्ने विषयहरु प्रस्तुत गदैं आएका छन् ।
चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले उपचार सेवामा असर नपर्नेगरी मंगलबारदेखि हरेक बिहान एक घन्टा खबरदारी धर्ना नैशुरु गरेको छ ।
फ्याकल्टी चिकित्सकहरूले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि बिहान ९ देखि १० बजेसम्म धर्ना दिदैं आएको समाजका अध्यक्ष  डा. विष्णु पोखरेलले जानकारी दिए ।
उनीहरुले आफूहरूको मागबारे ठोस निर्णय नभए धर्ना जारी राखिने बताउदैं आएका छन् ।  उनीहरुले रिक्त रहेका पदहरुमा पूर्ण अधिकारयुक्र पदाधिकारी नियुक्ति , सरकारले वृद्धि गरेअनुसार कम्तीमा १८ प्रतिशत तलब अनिवार्य रूपमा वृद्धि गरेको तलव वितरण, बन्दैं गरका भवन निर्माण प्रक्रिया शुरु गर्न माग गदैं आएका छन् । प्रतिष्ठानमा भएका समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न पनि भनिएको छ । यहाँ भएका दीर्घकालीन र स्थायी समाधान खोजेर प्रतिष्ठानमा भएका दक्ष जनशक्तिलाई पलायन हुनबाट रोक्न माग गदैं आएका छन् । यस्तै प्रतिष्ठानामा उचित खानेपानी, व्यवस्थापन गर्न पनि माग गरिएको छ । प्रतिष्ठानमा २०७२ सालदेखि चिकित्सक तलव बढेको छैन् । २०७२ सालदेखि चिकित्सको ९ प्रतिशत मात्र तलव बढेको तर सरकार चिकित्सकको यो अवधीमा लगभग ८० प्रतिशत तलव बढिसेको समाजका अध्यक्ष पोखरेलले जानकारी दिए । यस सिनेटले प्रतिष्ठानका चिकित्सक कर्मचारीको दुई बर्षदेखि रोकिएको बढुवा पनि खुलाउनु पर्ने उनले बताए । सरकारले बढाएको तलव तथा बढुवा राेकिदा दक्ष चिकित्सक निराश हुदैं आएका छन् ।
यस्तै प्रतिष्ठानका प्रशासन महाशाखाका बरिष्ठ कर्मचारी महेशवर राईले ४३ आै सिनेट बैठक परिणाममुखी बनाउन सुझाव दिएका छन् । उनले समाजिक सञ्जाल मार्फत सिनेटको बैठक प्रतिष्ठानको निति निर्माण गर्ने सर्वोच्च निकाय भएकाे बताउदैं प्रतिष्ठान विभिन्न कारणले समस्या ग्रस्त बन्दै गएको कुरा र पदाधिकारीको नियुक्तिको बिषय पेचिलो बन्दै गएको बताएका छन् । यहाँ भएको आन्तरिक द्वन्द्वलाई हटाएर भोली हुने सिनेटको बैठकमा यहाँका समास्याबार खुल्ला बहस गर्न आग्रह गरेका छन् ।
उनले प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको १८ प्रतिशत देखि २० प्रतिशत तलब वृद्धि गर्न , ४०० सैयाको मातृशिसु स्वास्थ्य केन्द्रको अबरुद्ध निर्माणधिन भवनको निर्माण कार्य पुनः सुचारु गर्न, २०० शैयाको कार्डियोलोजी भवन र २०० शैयाको अंकोलाजी भवन निर्माणको प्रकृया अगाडि बढाउने माग गरेका छन् ।
यस्तै शिक्षक तथा कर्मचारीहरुको वृति बिकासका निम्ति आवश्यक निकाय छनौट समितिको गठन गर्न, प्रतिष्ठानको स्वामित्वमा रहेको भु(उपयोग सम्बन्धमा ठोस निति निर्माण गर्न, सुपरस्पेसिलिटी सर्भिस , आईसियु , डाईलसिस्जस्ता अति महत्त्वपूर्ण र संवेदनशील सेवा बिस्तार गर्ने सम्बन्धमा आवश्यक छलफल तथा ठोस निर्णय गर्न माग गरेका छन् । ।
उनले वी पी प्रतिष्ठान संघीय सरकार अन्तरगतका निति नियम अन्तरगत सञ्चालन हुने भएकोले सम्बन्धित क्षेत्रको संघीय सांसद प्रतिष्ठानको पदेन सिनेट सदस्य रहनु पर्ने बिषय सिनेटको एजेन्डा बनाउन पनि सुझाव दिएका छन् ।
स्थानीय तहका मेयर पदेन सिनेटर हुने व्यवस्था छ । बैठक अघि समाजसेवीको तर्फबाट धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीलाई पनि सिनेट सदस्यमा नियुक्र गरिएको छ । तर सो क्षेत्रका प्रतिनीधि सभा सदस्य जयकुमार राईलाई भने गरिएको छैन् । मेयर तिलक राई र उपमेयर भण्डारी सिनेट बैठकमा रहेकाले धरानलाई छ्ट्दै डाक्टर कोटा, यहाँका आइसिय, डालोसिुलगायतको अभावको समस्या बारे बैठकमा कुरा उठाउने स्थानीयले अपेक्षा गरेका छन् ।
प्रतिष्ठानमा गत भदौं देखि रेजिष्टारको पद रिक्र रहेको छ । उपकुलपति डा.राजकुमार रौनियार घुससहित पक्राउ परे पछि कार्यवहाक उपकुलपति डा. गुरुप्रसाद खनालले काम चलाउदैं आएका छन् । रेक्टर, रजिष्टार र उपकुलपति एउटै व्यक्तिबाट संचालन हुदैं आउदा प्रतिष्ठानमा समस्या हुदैं आएको बताइएको छ ।