ब्लाष्टखबर । मिजार सेवा समाज धरानले आफ्नो स्थापनाको २५ औ बार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ | यस कार्यक्रम अन्तर्गत छाता चौक देखी भानु चौकसम्म सरसफाई गरिएको थियो, कार्यक्रममा समाजका सदस्य तथा बराह ग्रुपका कर्मचारीहरुको सहभागिता रहेको थियो |

समाजका अध्यक्ष धन बहादुर हमालका अनुसार रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम अन्तर्गत पौष १९ गते शनिबार भानु चौक धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो, आज नगर सरसफाई तथा आगामी पौष २६ गते शनिबारका दिन अतिथि सदन गीता मन्दिरमा समाजको बार्षिक साधारण सभा आयोजना हुने छ |