पाँचथर/ फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाका एक युवाको मलेसियामा मृत्यु भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा तीन महिनाअघि मलेसिया पुगेका हेमलाल दुलालको मृत्यु भएको हो । बुधबार बिहान सुतेकै ठाउँमा हेमलाल मृत भेटिएको भन्ने खबर आएको परिवारजनले जनाएका छन् ।
यसअघि पनि पटक–पटक वैदेशिक रोजगारीमा गएका हेमलाल पछिल्लो समय गत असोज १६ गते मलेसिया पुगेको छिमेकी दीपक दुलालले बताए । हृदयाघातका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।