संखुवासभा । सभापोखरी गाउँपालिकाको गाडी दुरुपयोग भएको छ । स्कोरपिओ गाडीले व्यवसायीक रुपमा कुखुराको चल्लाबोक्ने गरेको भेटिएको छ । सोमबार सभापोखरी १ मा पर्ने धुपूको डकेबजारमा स्थानीयले साझ साढे ७ बजे सेतो नम्बर प्लेटको गाडी रोक्दाकुखुराको चल्ला र भुस स्थानीयले भेटिएको हो । सोमबार गाउँ भरीका स्थानीय भेलाभएर को १ झ ५९२नम्बरको गाडी रोकेकाथिए । गाडीको पछिल्लो भागमा सभापोखरी गाउँपालिकाको सरकारी कागजात रहेको थियो । त्यसले छोपेर ३ वटा काटनमा कुखुराको चल्ला र बोरामा भुस राखिएको थियो ।

गाडी रोकेका गाउँलेले चालक कलमध्वज लिम्बुसंग सोध खोज गर्दा कुखुराको चल्ला र भुस व्यापारीक प्रयोजनकालागि गाउँपालिका केन्द्र बाह्रवीसे बजार लगिएको पाईएको थियो । स्थानीयले चालकलाई नियन्त्रणमा लिएपछि प्रहरीलाई खबर गरेका थिए । चालक लिम्बु र गाडी स्थानीयले प्रहरीलाई बुझाईएको स्थानीय विश्वनाथ राईले बताए । उनले चालक लिम्बुले ल्याएको चल्ला र भुस गाउँपालिका अध्यक्ष रत्नबहादुर सुब्बाको रहेको पत्तालागेको बताए । अध्यक्ष सुब्बाले यसरी नीजि व्यापारको लागि सरकारी गाडी पटक पटक प्रयोग गरेको स्थानीयले जनाएको छ ।

चालक लिम्बुले अध्यक्षले भने अनुसार चल्ला र भुस ल्याएको बताए । व्यापारीक प्रयोजनकालागि रातको समयमा लुकी छिपी सामान ढुवानी गरेर सरकारी गाडी ढुरुपयोग गरेको घटना देखेपछि स्थानीयले गाडी रोकेका हुन् । धुपुका सुजन राई जनप्रतिनीले सरकारी गाडी प्रयोग गरेर व्यवसाय गर्नुलाई पद र पावरको दुरुपयोग गरेको बताउँछन् । अध्यक्ष सुब्बाले पटकपटक निजी सामान ढुवानीका लागि सरकारी सवारी साधन दुरुपयोगको विरोध स्थानीयले गरेका छन् ।

गाउँपालिका प्रमुखको यस्तो गैरजिम्मेवारीपनले हामी दुखी भयौ, उनले भने, गाउँको विकास छाडेर अध्यक्ष ज्यू व्यक्तिगत लाभकालागि लाग्नु दुःखद भयो । विकासका काममा भन्दापनि गाउँपालिका अध्यक्ष व्यक्तिगत काममा गाडी देखिपालिकाको सामानप्रयोगमालागेका छन् । अध्यक्षपनिनियमकानुनमाबाधिनु पर्ने उनले बताए । अक्ष्यक्ष सुव्वाले गाउँलेको सामान ढुवानी वापतपालिकाले भाडा संकलनगर्ने र गाडी मर्मतमाखर्च पुग्ने बताउँदै आएको स्थानीयजनक भट्टराईले बताएथिए ।

मंगलबार विहानअध्यक्ष सुव्वा सहित स्थानीयको भेलाप्रहरी चौकीधुपुमा बसेर अब सरकारी गाडी दुरुपयोग नगर्ने प्रतिवद्धता जनाएपछि गाडी छोडिएको स्थानीयले बताएका छन् । चल्ला र भुस ल्याएर गाउँमा समाजसेवा गरेको उनले छलफलमा बताए । अबगाउँपालिकाको सवारीसाधन दुरुपयोग गर्दिन, उनले भने, एकजना छिमेकीगाउँलेको सामानल्याईदिएको हुँ ।

सभापोखरीकाप्रशासकियअधिकृत भुपेन्द्र राई गाडी मोवाईल फोनको टावरकालागि व्याट्री लिन सदरमुकामखाँदबारी गएको बताउँछन् । खाँदबारीमारहेको टेलिकममा टावरकालागि व्याट्री आएको थियो त्यहीँलिन पठाएका थियाैं, उनले भने, कार्यालयको सामाग्री सगै स्थानीयले चल्ला र भुस देखेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएछन् । स्थानीयले गाउँपालिकाको गाडी मात्रै होईन पालिकाकामोटर साइकलहरु समेत दुरुपयोग भएको बताईएको छ । गाउँपालिकामा एउटा स्कर्पियो सहित एउटा एम्बुलेन्स, ९ वटा मोटरसाईकल र १ वटा स्कुटर रहेको छ ।

gadi2