ब्लाष्टखबर । भारतबाट प्याज ल्याउन सहजीकरण गरिदिने भन्दै व्यापारीसँग घुसलीने सशस्त्र प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका ११ स्थित बसपार्कबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीकाे टाेलीले सशस्त्र प्रहरी सचितनारायण विश्वासलाई ५ हजार ५ सय नगद घुस रकमसहित पक्राउ गरेकाे हाे ।
आयोगका अनुसार विराटनगरस्थित सशस्त्र प्रहरीको बीओपी पोस्ट बखरीमा कार्यरत विश्वासले भारतबाट प्याज ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै व्यापारीसँग लिएको घुस लिएका थिए । घुस रकम बसपार्कमा रहेको अप्सरा गेस्ट हाउस मुनी सञ्चालन गरिएको किराना पसलमा लुकाएर राखेको अवस्थामा फेला पारेकाे आयोगले जनाएकाे छ ।
मोरङको ग्रामथान गाउँपालिकास्थित तेतरिया घर भएका विश्वासमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान सुरु गरिएको आयोगले जनाएकाे छ ।