ब्लाष्टखबर । अनुयायी बलात्कार गरेको आरोपी सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरैटीमा छाड्न अदालतले आदेश दिएको छ ।
सुनसरी जिल्ला अदालतमा हिजाेबाट सुरू थुनछेक बहस सकीए संगै आज न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
आदेशसंगै धरौटी रकम बुझाएर कृष्णदास छुटेका छन् । गिरीलाई प्रहरीले बिराट नरसिङ होमबाट एम्बुलेन्समा राखी सुनसरी जिल्लाअदालतमा उपस्थित गराएकाे थियाे । अदालत परिषर बाहिर गिरीका अनुयायीहरूले रामनाम भजन गरेका थिए । बाहिर क्षेत्रमा प्रहरीले आज दोस्रो दिन समेत निषेधित क्षेत्र तोकेको छ ।