विराटनगर / नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टी मोरङका इन्चार्जसहित २ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय बेलबारीबाट खटिएको विशेष टोलीले विप्लप समूहको मोरङ इन्चार्ज मोरङ सुन्दरहरैचा नगरपालिका – १० का ४६ वर्षिय नरेश भनिने कृष्ण चौलागाई र मोरङका संचार विभाग प्रमुख विराटनगर महानगरपालिका – ८ बस्ने छितिज पौडेललाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले उनीहरु दुवै जनालाई मोरङको कसेनीबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

चौलागाईलाई प्रहरीले मोरङमा भएको विभिन्न स्थानमा भएको विष्फोटको घटना र अन्य विभिन्न गतिविधिमा संलग्न भएको कसुर लगाएर अदालतमा म्यात थप गर्ने तयारी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका पौडेल विप्लप समूह मोरङको संचार विभागका प्रमुख रहेकोे बुझिएको छ । पक्राउ परेका दुवै जनालाई इप्रका बेलबारीमा राखिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई आइतबार अदालतमा म्यात थप गर्ने तयारी गरेको छ ।

सरकारले विप्लप समूहलाई लाई प्रतिबन्ध लगाएपछि नेता तथा कार्यकर्ताहरू पक्राउ गर्न प्रहरीले सर्च अभियान थालेसँगै अहिले धमाधम पक्राउ पर्दै आएका छन् । विप्लवको मोरङको उत्तरी र दक्षिण भेगाको ग्रामिण बस्तीमा रहेर आन्तरिक प्रशिक्षण आयोजना, विभिन्न गतिविधिहरू हुने सूचना पाएपछि र्सच अभियान सुरु गरेको छ ।