देउराली । इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिकाकाे  १७ नम्बर वडाका दुई स्थानबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेकाे छ ।

बिहिबार साझ सङ्काकाे अाधारमा चेकजाच गर्ने क्रममा इलाका प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले वडाकाे इन्द्रेणी मार्गबाट २३ बर्षीय अरुण मगरलाई र उदयटोलबाट २० बर्षीय दिवश लाखे (परियार) लाई पक्राउ गरेकाे हाे । 

चेकजाच गर्ने क्रममा मगरकाे साथबाट लागुऔषध  डाईजालाब ३१, लुपिजेसिक ३१ र ऐभिल ३१ एम्पुल फेला परेको छ भने,  परियारकाे साथबाट लागुऔषध डाईजालाब १७, लुपिजेसिक १७ र ऐभिल १७ एम्पुल फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई लागुऔधष मुद्दामा सुनसरी जिल्ला अदालतबाट थुनामा राख्न म्याद थप गरी अनुसन्धान भई रहको कार्यालयले जनाएकाे छ ।