इनरुवा । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु भएकाे छ ।
सुनसरी जिल्ला अदालतका इनरुवामा थुनछेककालागि न्यायाधिशहरु बिचमा गोला हानिएपछि गिरी उपरको अदालती प्रकृया अघिबढेको हो । गिरीको मुद्धा सुनसरी जिल्ला अदालतका मूख्य न्यायाधिश राधाकृष्ण उप्रेतीको बेन्चमा परेको छ ।
यसै बिच कृष्णदासलाई समेत अदालतमा उपस्थित गराइएको छ । कृष्णदासलाई एम्बुलेन्समा राखी अदालत उपस्थित गराइएको छ ।
अदालतमा गिरी विरुद्धको जबरजस्ती करणी मुद्दामा आज थुनछेक बहस भइरहदा अदालत बाहिर बलात्कारको आरोप लागेका गिरीलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । त्यस्तै सड्यन्त्र पूर्वक फसाउनलागेकाे भन्दै गिरीका अनुयानी तथा सर्मथकहरूले गिरीको पक्षमा प्रर्दशनमा उत्रिएका छन् ।
अधिकारकर्मीहरुले धर्मको आँडमा अस्मिता लुट्ने बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गरिरहेका छन् भने, गिरीका सर्मथक तथा अनुयानीहरूले राम राम हरे हरेको जाप गरी रहेका छन् ।
बलात्कार आरोपी गिरीविरुद्ध १० वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएकाे छ । अदालतले बहसपछि उनलाई धरौटीमा हिरा गर्ने वा थुनामा पठाउने निर्णय गर्ने छ ।