ब्लाष्टखबर । घरायसी बिबादमा श्रीमतीलाई छुरा प्रहार गरी  झापाको शिवसताक्षी नगरपालिका-६मा श्रीमानद्वारा श्रीमतीकाे हत्या भएकाे छ । 

भारतको डिगलबैक पञ्चायत घर भई शिवसताक्षी नगरपालिका-६मा बस्दै आएका ४० बर्षीय  बुधराम मुर्मुले घरायसी विवाद हुदा बिहिवार श्रीमतीलाई प्रहार गरेकाे हाे । छुरा प्रहारबाट घाइते भएकी भएकी  श्रीमती ३९ बर्षीया फङके किस्कु मुर्मुको उपचारकाे क्रममा प्राथामिक स्वास्थ्य केन्द्र शिवगंजमा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएकाे छ ।

श्रीमतीलाई छुरा प्रहार गरी हत्या गर्ने बुधरामलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको कार्यालयले जाएकाे छ । 

बुधराम र उनकी श्रीमती शिवसताक्षी नगरपालिका-६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका थिए ।छ ।