विराटनगर/ मोरङको पथरीशश्चिरे नगरपालिका –६ दोलु शुक्रबारेमा युवाहरुबिच भएको ग्याङ्ग फाइटमा छुटयाउँन पुगेका दुई जना युवालाई खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएका छन् ।

पथरी र बयरवनको युवाहरु बिच भएको ग्याङ्ग फाइटमा छुटयाउँन पुगेका पथरीशनिश्चरे नपा ६ का ३० वर्षिय प्रताव राई र सोही ठाउँका २५ वर्षिय विकास राई गम्भिर घाईते भएका हुन् । उनीहरु मामा भान्जा हुन् । प्रतावको विकास भान्जा हुन् ।

युवाको समूहले खुकुरी प्रहार गरि प्रतावको शरिरको विभिन्न भागमा गहिरो चोट लागेको छ । घाइते भएका विकासको देब्रे पाखुरामा खुकुरी प्रहार गरि नशा काटिएको चिकित्सकले जनाएको छ । उनीहरुको उपचार अहिले विराटनगरस्थित विराट नर्सिङ्ग होममा भइरहेको छ ।

खुकुरी प्रहार गरि गम्भिर घाइते बनाउने सुनवर्षी नगरपालिका – १ का २५ विनोद बहादुर राई सोही ठाउँका २६ आकाश थापा, पथरीशनिश्चरे नपाका २३ वर्षिय बलिहाङ्ग लिम्बु र २६ वर्षिय याकुप लिम्बुलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । घटनामा संलग्न अन्य फरार छन् ।

प्रहरीले उनीहरुको पनि खोजी कार्यलाई तिब्र बनाएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका चार जनालाई बिहीबार जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योगमा म्यात थप गरि अनुसन्धान भइरहेको इलका प्रहरी कार्यालय पथरीले जनाएको छ । घाइते मामा भान्जाको फोटो छ ।