बेलबारी । लोकप्रिय गायक राजेश पायल राई मोरङको बेलबारी आउने भएका छन् । शान्ति युवा समुह, बेलबारी ९ नलबारीको आयोजनामा हुन लागेको पीस लाईभ म्युजिकल कन्सर्ट कार्यक्रममा आउने आयोजक समितिले जनाएको छ ।
भ्रमण वर्ष २०२० लाई स्वागत गर्दै समृद्ध नेपालका लागि लागू औषध रहित स्वस्थ जीवन भन्ने नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको समुहले विहीवार पत्रकार सम्मेलन जानकारी गराएको छ ।
कार्यक्रममा चर्चित हास्य कलाकार फुलन्देकी आमा, सेरा थामी, सन्जिब धिमाल, विनोद खम्बु, एस्तर सिन्चौरी, मोडल माया थामी, मनिता राईले प्रस्तुति रहने कन्सर्टमा गरिमा डान्स सेन्टर धरानको विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक धर्मराज राईले बताए ।
पौष २५ गते हुन लागेको कन्सर्टमा करिब ६ लाख रकम खर्च हुने आयोजक समितिले जनाएको छ । कार्यक्रमबाट वचत रकम कभडहल सहितको सामुदायिक भवन निर्माणमा खर्च गरिने समुहका सचिव अजित धिमालले बताए ।
२०५५ सालमा स्थापित शान्ति युवा समूहले हाजिरीजवाफ, साँस्कृतिक कार्यक्रम, यौन तथा सरुवा रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम, वृक्षारोपण, सरसफाई कार्यक्रम, लागू औसध सम्बन्धी अन्तरक्रिया, उद्घोषण कलालगायत सचेतनामूलक तथा सीपमूलक कार्यक्रमहरु गर्दैआएको छ ।
































