धरान / उपमहानरपालिका–१५ मा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बुधवार राती साढे ९ बजेको समयमा ४३ बर्षीय काजीमान राई र ३६ बर्षीय रमिला राई बिच घरायशी बादविबादभएको थियो । श्रीमानले कुटपिट गर्दा रमिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लाती हातलेले काजीमानले कुटपिट गरेका थिए । कुटपिटबाट मरासन्न हुने गरि कुटपिट भए पछि उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको लागि भर्ना गरिएको थियो । रमिलाको उपचारको क्रममा मृत्यु भएको इलाका प्ररही कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले श्रीमती हत्यामा संग्लग्न रहेका राईलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी न्यौपानेले जानकारी दिए । यसअघि पनि धरान– १५ मै कात्तिक १२ गते स्थानीय अर्जुन राईले श्रीमती जीना राईको ढुङ्गाले हानेर हत्या गरेका थिए । घरायसी विवादमा उनले श्रमतिको हत्या गरेका थिए ।