धरान/ धनुषा जिल्लाको मिथिला नगरपालिका–३ बडहरीमा जेठाजुले बुहारीको हत्या गरेका छन् । स्थानीय श्रीप्रसाद पञ्जियारले बुधबार दिउँसो आफ्नै भाइकी श्रीमती रानीदेवी पञ्जियारको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट टाउको पछाडि गम्भीर चोट लागेकी रानीलाई उपचारका लागि विराटनगरतर्फ लाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनापछि खुकुरी प्रहार गर्ने श्रीप्रसाद फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृतक रानीका पति वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको स्थानीयले बताए । रानीमाथि खुकुरी प्रहार गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।