धरान / इलाका प्रहरी कार्यालय धरानले लागु औषधसहित चारजना युवाहरुलाई पक्राउ गरेको छ ।
लागुऔषध बिक्री बितरण ओसारपसार गरीरहेको अवस्थामा उनीहरुलाई छुट्टाछुटै क्षेत्रबाटलागु औषधसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरुमा धनकुटा भेडेटार घर भई धरान– १६ बस्दे. आएका २७ बर्षीय अमित राईलाई धरान–१६ वटा ४.६ ग्राम ब्राउन सुगर र नगद १२ हजार ७ सय समेत बरामद गरेको छ ।
यस्तै धरान–७ का राजु बुडाथोकीलाई धरान–८ स्थित तीनकुने नाकाबाट एभिल ३१ एम्पुल, लुपिजेसिक ३१ एम्पुल र डाईजेलाब ३१ एम्पुलसहित पक्राउ गरेको थियो । यस्तै धरान–८ का २४ बर्षीय सुसन थापाको साथबाट डाईलेक्स डि।सि। ३ बोतल, स्पास्मो प्रोक्सिभन प्लस १८७२ क्याप्सुल, नाईट्रोसन ४ ट्याब्लेट, नगद रु।३६ हजार ५ सय बरामद गरेको छ । यस्तै धरान–१५ का प्रेम तामाङको साथबाट ६३ मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । जिल्ला अदालत सुनसरीमा आज म्याद थप गरि आवश्यक अनुसन्धान थालिएको डिएसपी न्यौपानेले जानकारी दिए ।