लक्ष्मीमार्ग/ भ्रमण वर्ष २०२० प्रवर्द्धनको तथा नयाँ वर्षको स्वागतको लागि मोरङको बेलबारी–१० भाउन्नेस्थित लाइभ कन्सर्ट हुने भएको छ ।

डाँगीहाट फुटबल क्लब बेलबारीको आयोजनाका पौष १६ गते बुधबार साँझ लाइभ कन्सर्ट हुन लागेको हो । प्रस्तावित डाँगीहाट रङ्गशाला भाउन्नेमा हुन लागेको कार्यक्रममा निर्णय श्रेष्ठ, प्राश्ना शाक्य, सबिन राईलगायतको प्रस्तुति रहने कार्यक्रम संयोजक याकुब राईले बताए ।

आयोजक उक्त क्लबले यसअघि पनि पटक–पटक गोल्डकप तथा साङ्गीतिक कार्यक्रम गर्दै आइरहेको क्लबका अध्यक्ष छत्र लिम्बूले बताए ।