धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित भरौलको एकताबस्तीमा माओवादी द्वन्द्वकालको हतियार र ठूलो मात्रमा गोली भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले भरौलको एकताबस्ती नजिकै खेमराज प्रधानको घरको कुखुराको खोर भएको जमिन मुनी लुकाएर एक थान आधुनिक एसएमजि, विभन्नि हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ थान गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए । हतियार र गोली नेपाली सेनाले दिएको गोप्य सुचनाका आधारमा प्रहरीले आइतबार खानतलासी गरेको थियो । स्थानीय खेमराज प्रधानको कुखुराको खोरमुनी गाढेर राखेको अवस्थामा फेला परेको हो । उनी पूर्व माओवादी भएको बताइएको छ ।
उक्र खोर २०६७ सालमा ढलान गरेर बनाएको कुखुराको खोरमुनी राखिएको अवस्थामा गोली तथा हतियार फेला पारिएको थियो । गोली तीन वटा प्लाष्टिकको ड्रममा व्यवस्थित ढंगले गाडेर राखिएको भेटिएको प्रहरीले जनाएको छ ।