भोजपुर / जिल्लाको रामप्रसाद राई गाउँपालिका ७ बासीखोरा दिबुराङकी सिताकुमारी राईले शहिद भएकी आफ्नी छोरीको नामबाट स्वास्थ्य चौकीलाई निशुल्क जग्गा दान गरेकी छिन । राईले तत्कालिन माओबादीले चलाएको दश बर्षे जनयुद्धका क्रममा सहिद भएकी छोरी जिना राई “करुणा” को नामबाट स्वास्थ्य चौकी बासिखोरालाई चार रोपनी निशुल्क जग्गा दान गरेकी हुन । शहिदको नामबाट प्रदान गरिएको जग्गामा स्वास्थ्य चौकी भवन निर्माण गरि वडावासीले सुलभ स्वास्थ्य सेवा पाउन भनेर आफुले जग्गा दिएको राईले बताईन । उनले भनिन “मेरी छोरी देश र जनताका लागि सहिद भएर गईन छोरीको नामबाट जग्गा दान गरेको छु , मैले दिएको जग्गामा स्वास्थ्य चौकी भवन निर्माण होस भन्ने मेरो चाहाना छ ।”
राईले प्रदान गरेको जग्गा स्वास्थ्य चौकीको नाममा पास गरि सकेको शहिद “करणा” का भदै कालोबाघ किरातीले बताए । निशुल्क प्रदान गरिएको जग्गामा नयाँ भवन निर्माण गरि बर्थिङ सेन्टर सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य चौकी बासिखोराकी अनमी उषा कार्कीले जानकारी दिइन । शहिद “करुणा” लाई २०६१ साल भदौ १८ सोही वडाको आङमाला भन्ने ठाउँमा शाही सेनाले गोली हानी हत्या गरेका थिए ।































