उदयपुर / उदयपुरमा ट्याक्टरबाट लडेर एक मजदुरको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१३ गाईघाटको नयाँ बरुवा बस पार्कको भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर प्रवेश अलिमिँयाको मृत्यु भएको हो ।
स १ त ६८०० नम्बरको ट्याक्टरमा लेवर काम गर्ने प्रवेश अलिमियाका शुक्रबार साँझ करिब ६ बजे ट्याक्टरबाट लड्दा पछाडीको टायरले किचेर त्रिनपा–६ जलजले निवासी १६ वर्षीय अलिमिँयाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुर्कुचीबाट ढुङ्गा लिएर आएका ट्याक्टरको पछाडी सवार अलिमिँया लडी टायरले किचेर घाईतेलाई उपचारको लािग जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
ट्याक्टर र ट्याकटर चालक जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।