ब्लाष्टखबर / चर्चित भारतीय गायिका आशा भोस्ले साङ्गीतिक कार्यक्रमका लागि नेपाल आउने भएकी छन् ।
वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरमा समर्पित कार्यक्रम ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोस्ले’ का लागि आफ्नो प्रस्तुति दिन भोस्ले नेपाल आउन लागेकी हुन् । उनी ५ दिन नेपाल रहनेछिन् । पौष १२ गतेमा हुने कार्यक्रमको लागि उनले ११ गते तयारी गर्ने सँगसँगै भारतीय राजदूतावासमा सोही दिन नै रात्रीभोजमा समेत सरिक हुने तालिका रहेको छ ।

साधना कला केन्द्रको आयोजनामा हुने कार्यक्रमका लागि आउने उनी काठमाडौंका केही स्थानमा भ्रमणसमेत गर्ने कार्यक्रम छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सोल्टी क्राउन प्लाजामा कार्यक्रम हुने आयोजकले जनाएको छ ।