सङ्खुवासभा । सङ्खुवासभामा विप्लवको चन्दा आतङ्क बढेको छ । जिल्लाको नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधि र व्यापारीसँग चन्दाका लागि धम्की आउने गरेको छ ।

विप्लवका कार्यकर्ताले पटक–पटक फोनबाट चन्दा माग्ने गरेको भन्दै प्रहरीमा उजुरीसमेत परेको छ । गत मंसिर २५ गते राति मादी नगरपालिका वडा नम्बर –५ को वडा कार्यालय र एक स्काभेटरमा समेत आगजनी गरेका छन् ।