भद्रपुर/ करिब डेढ क्विण्टल ‘फ्रोजन माछा’ झापा प्रहरीले बरामद गरेको छ ।

करिब ३ लाख रुपैयाँ मूल्य बराबरको माछा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

तीन वटा कार्टुनमा प्याक गरेर ल्याउँदै गरेको अवस्थामा माछा बरामद गरिएको थियो । ‘फ्रोजन माछा’ तस्करीको माध्यमबाट नेपाल भित्रिने गरेको छ । ‘फ्रोजन माछा’ नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएको छ ।