देउराली । पुस महिना सुरू भएसँगै पूर्वी तराईमा चिसाे बढेकाे छ । मंगलबार तराइमा हुस्सुले ढाकेकाे थियाे । बुधबार भने धरानमा पनि हुस्काेसुले ढाकेकाे छ ।
बिहानै देखि बढेकाे चिसाे र मध्य दिनमा थप हुस्सु बक्लिएकाे स्थानीयले बताएका छन् । हुस्सुले धरानकाे जनजिवन प्रभावीत बनेकाे छ ।
बाक्लाे हुस्सुका कारण धरानका सडकहरूमा यातायात पातलाे भएकाे छ । हुस्सुका कारण १०० मिटकाे दुरीसम्म पनि नदेखिएकाे सवारि चालकहरूले बताएका छन । हुस्सुसँगै बढेकाे चिसाेका कारण बजार क्षेत्रमा मानिसहरूकाे चहलपहलमा पनि कम भएकाे छ । चिसाेका कारणा बृद्धबृद्धा बालबालिकाकासाथै दैनिक मजदुरी गरेर खाने मजदुरहरुमा समस्या हुन थालेकोे छ ।
































