धरान / अखित्यार दुरुपयोग अनुशन्धान आयोगले आज एकै दिन विभिन्न अभियागमा विशेष अदालतमा १३ मुद्वा दर्ता गरेको छ । सबै भन्दा बढि नक्कली शैषिक प्रमाण पत्र पेस गरेर सरकार जागिर खाने रहेका छन् । नक्कली शैक्षिक प्रमाण् पत्र पेस गरेर जागिर खाने ७ जना विरुद्ध आज विशेष अदालतमा मुद्वा दर्ता गरिएको अख्तियारका प्रवत्ता तथा उपसचिव प्रदिपकुमार कोइरालाले जानकारी दिए ।
उनका अनुसार भुमिसुधार तथा मालपोत कार्यलय भक्तपुरका नायक सुब्बा नारायणराज मिश्र, र कार्यलय सहयोगी भाईकाजी गौतम उपर बिगो ४० हजार सहित आरोप पत्र दायर गरेको छ । यस्तै आर्थिक अनिमितको बिषयमा बी पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका रजिष्टार तुलबहादुर श्रेष्ठ समेत ४ जान उपर बिगो रु ५, ५०,००, सहित आरोप पत्र दायर गरेको छ ।
सरकारी सम्पती हानी नोक्सानीमा मालपोत कार्यालय धादिङ्गका मालपोत अधिकृत कुशध्वज खत्रीसहित ७ जना आरोप पत्र दायर गरेको छ । त्यस्तै नक्बली साटिफिकेट को बिषयमा जनशिशु कल्याण प्राथामिक बिद्यालय जोर पोखरी तनहुँकी शिक्षिका तिलमाया गुरुङ्गउपर आरोप पत्र दायर गरेको छ त्यस्तै घुस लिएको आरोपमा गठी संस्थान त्रिपुरेश्वर काठमाडौका प्रमुख प्रशासक नारायण चौधरी र उप प्र्रशासक जयप्रसाद रेग्मी घुम बापतको रकम लिने फिर्ता गर्ने बिषयमा अनुशन्धानका लागि नियन्त्ररणमा रहेको छ । त्यस्त गरी नक्कली साटिफिकेट नेपाल बिद्युत प्रधिकरण जनसाधन विभागमा कार्यलयमा सहयोगी पदमा कार्यरत राधाकिसन थारु उपर आरोपपत्र दायर गरेको छ । त्यसै गरी नक्कली साटिपिकेटको बिषयमा बिद्युत पा्रधिकरण जनसाधन विभागमा फोरम्यान तहका ४ पदमा कार्यरत कृष्णकुमार भन्डारीउपर आरोपत्र दायर गरेको छ । त्यस्तै नक्कली शैक्षिक प्रमाण पत्रको बिषयमा नेपाल बिद्युत प्राधिकरण जनसाधन विभागमा हेल्फर तह २ पदमा कार्यरत रामबहादुर मोक्तान उपर आरोपपत्र गरेको छ । त्यस्तै नक्कली प्रमाण पत्रको बिषयमा नेपाल विद्युत प्रााधिकरण जनसाधान विभागका हेल्फर दोश्रो तह पदमा कार्यरत खेमप्रसाल रिमालउपर आरोप पत्र दायर त्यस्तै नेपाल बिद्युत प्राधिकरण दमक झापा वितरण केन्द्रमा हेल्फर तह २ पदमा कार्यरत शमशेर तामाङ्ग उपर आरोप पत्र दायर गरेको छ । त्यसैगरी नेपाल विधुत प्राधिकरण कुलेश्वर वितरण केन्द्र काठमाडौमा हेल्फर तह २ पदमा कार्यरत लालु डगौराउपर आरोप पत्र दायर गरेको छ । त्यस्तै नेपाल बिद्युत प्राधिकरण यदुकुवा वितरण केन्द्र धनुषामा इलेक्ट्रिसियन तह ३ पदमा कार्यरत रामनन्दन राउत यादव उपर आरोप पत्र दायर गरेको छ । घुस लिदाको बिषयमा भुमीुसुधार तथा मालपोत कार्यालय सिराहमा कार्यरत निमित्य कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डलउपर बिगो रु ५,००,००० कायम गरी आरोपपत्र दायर गरेको छ ।
त्यस्तै मिलोमतोमा सेवाग्राहीको जापान जाने श्रम स्वीकृतिको काम छिटो गरी दिने भनी घुस रकम लिएको गोल्डेन लाइट ट्राभल एण्ड टुर्स प्रा.लि भ्यानेजिङ्ग डाइरेक्टर विनोद कुमार भुजेल समेत ५ जना उपर आरोप पत्र दायर गरेको छ । घुसको बिषयमा लुिम्बनी बौद्ध बिश्व बिद्यालय केन्दीय कार्यालय रुपन्देवीका लेखापाल रत्नेश्वर तिवारीउपर बिगो रु २५,००० सहित आरोप पत्र दायर गरेको छ । त्यस्तै गरी घुसको बिषयमा मोरङ्ग जिल्ला जहदा गाउँपालिका वडा नम्बर १ कार्यवहायक वडा अध्यक्ष उमेशकुमार शाह उपर बिगो २१,००० सहित आरोप पत्र दायर गरेको छ । त्यस्तैगरी घुसको बिषयमा विराटनगर भन्सार कार्यालय मोरङ्गका तत्कालीन प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेत समेत २ जनाउपर बिगो रु.१७,००,००० सहित आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए । त्यस्तै अकुत सम्पतिको बिषयमा बिगो १० करोड ५६ लाख ९१ ह्जार ६०९ सहित तातोपानी भन्सार कार्यालय सिन्धुपालचोकको प्रमुख भन्सार अधिकृत कुष्णबहादुर बस्नेत समेत ५ जना उपर आरोप पत्र दायर गरको छ । त्यस्तै घुसको बिषयमा मालपोत कार्यलय काभेपलाञ्चोकका नायक सुब्बा रोसकाजी जस्पाउलाई बिगो रु.२०,०००। सहित आरोपपत्र दायर गरेको छ ।त्यस्तै गरी घुसको बिषयमा डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख सि.डि.इ धुबकुमार श्रेष्ठ र इन्जिनियर निरोज मर्हजन रु. २०,००,००० बीस लाख घुस रकमसहित नियन्त्रणमा रहेको छ । यति धेरै संख्यामा मुद्वा दायर गरेको यो पहिलो दिन हो ।