सप्तरी / एक साताअघि पक्राउ परेका एक वडाअध्यक्षको रिहाईको माग गर्दै शम्भुनाथ नगरपालिकाको कामकाज अनिश्चितकालका लागि वन्द गरिएको छ ।
मंगलवार नगरपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी मेयर योगेन्द्रप्रसाद चौधरीले अर्को घोषणा नभएसम्मका लागि अत्यावश्यकवाहेक सम्पुर्ण कामकाज वन्द गर्ने घोषणा गरेका हुन ।
स्थानीय एक महिलाले आफुमाथि वलात्कारको प्रयास गरिएको भन्दै दिएको उजुरीका आधारमा वडा नं. १२ का अध्यक्ष लक्ष्मी साहलाई प्रहरीले पक्राउ गरेको थियो ।
वडाअध्यक्ष साहको रिहाई नभएसम्म नगरपालिका मातहतका १२ वटै वडा कार्यालय र विषयगत कार्यालयको कामकाज वन्द रहने उनल ेबताए ।
पत्रकार सम्मेलनमा वडा नं ८ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लक्ष्मीकान्त चौधरीले वडाध्यक्ष साहलाई झुठा अभियोग लगाएर उजुरी दर्ता गरिएको बताए । उजुरीकर्ता महिलाको भनाई अनुसार गैरकानुनी काममा सहयोग नगरेका कारण षडयन्त्र गरिएको उनको दावी छ ।
घट्नाको सत्यतथ्य छानविन गरी न्याय निरुपणका लागि चौधरीले आग्रह गरेका छन् ।