धरान / धरान–९ स्थित फ्रेन्च गार्डेन रेष्टुरेण्टमा टेबलमा नक्कली पेस्तोल देखाएर आतंकीत पार्ने चार जनालाई प्रहरीले हिजो राती पक्राउ गरेको छ ।
उनीलाइ नक्कली पेस्तोल राखी सर्वसाधारणलाई आंतकित तुल्याएको पाईएको आरोपमा होटलबाटै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा धरान १५ बस्ने बर्ष २० को मनिक चेम्वाङ, बर्ष १९ को रोजन लिम्बु, बर्ष २० को बिशाल लिम्बु र धरान १७ बस्ने बर्ष ३३ को काजी राईरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आज सुनसरी जिल्ला अदालतमा अभद्र व्यवहारमा म्याद थप गरि अनुसन्धान थालिएको डिएसपी न्यौपानेले जानकारी दिए ।