धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जना उपर भ्रष्टाचार गरेकाे दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

आयोगले ५ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मङ्गलबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो । प्रतिष्ठानले बिल भर्पाइ नराखी भौचरसमेत नउठाई रकम हिनामिना गरेको भनी परेको उजुरीको अनुसन्धानपछि बिगो दाबी गर्दै मङ्गलबार दायर गरेको हो । अनुसन्धानको क्रममा रजिष्ट्रार श्रेष्ठसहित आर्थिक प्रशासन प्रमुख रूपा सिङ्घाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडालाई बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

उनीहरूलाई भुक्तानी दिनुपर्ने आधार, कारण तथा बिल भर्पाइबिना नै जीबन पौडेलको नाममा चेक जारी गरेको थियो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर गरेको प्रमाणित भएको छ । उक्त ऐनको दफा १७ मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१०, सोही ऐनको दफा ३ को उपदफा ९१० को खण्ड (ङ) र दफा १७ बमोजिम सजाय गरी पाँच लाख पचास हजार कायम गरी आरोप पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत् जनाएका छन् ।

अख्तियारले हानिनोक्सानी भएको उक्त रकम श्रेष्ठ, अग्रवाल, मगर र खतिवडाबाट असुल उपर गर्ने गरी मुद्दा दायर गरेकाे हाे । 

BP