धरान  / कालिञ्चोक दर्शन गरि काठमाण्डौ जादैं गर्दा बस दुर्घटना हुदा १४ जना भन्दा बढीको ज्यान गएको छ ।
बा २ ख ४४६८ नम्बरको बस आज बिहान सिन्धुपाल्चोकको सुनकोशी ७ स्थित ६ किलो मोडमा दुर्घटना हुँदा १४ को घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा ८ महिला, ४ पुरुष ,१ बालक र १ बालिका रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अन्यको पहिचान भएको छैन् । बस सडकबाट ५ सय मिटर तल खसेको इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।
दुर्घटनामा १८ जना घाइते भएकोमा ६ जनाको अवस्था गम्भिर रहेको छ। उनीहरुलाई उपचारका लािग काठमाडौं लगिएको छ । अन्यको स्थानी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खेलेको छैन् ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।