ब्लाष्टखबर ।  धरानका सामाजीक अभियन्ता दिपेन्द्र निरौला स्टार पर्फमरकोरुपमा सम्मानित भएक छन् । भारतकाे चेन्नईमा सम्पन्न भएकाे एडभान्स लिडरसिप तालिममा निरौला स्टार पर्फमरकोरुपमा सम्मानित भएका हुन् । 

लायन्स क्लब इन्टरनेशनलले आयाेजना गरेकाे उक्त तालिममा दक्षिण एसियली क्षेत्रका सय जना सहभागीहरू मध्याे उनलाई पर्फमरकोरुपमा सम्मानित गरीएकाे हाे । 

तालिम डिसेम्बर ९ देखि १२ सम्म संचालन भएकाे थियाे । सामाजिक क्षेत्रमा सक्रिय उद्घोषक र तालिम प्रशिक्षक समेत रहेका निरौला यस अघि नेपाल जेसिजको राष्ट्रिय एकेडेमीबाट ग्राजुएशन गर्नुका साथै सिंगापुरमा  अन्तराष्ट्रिय  जेसिजको एसियन एकेडेमीबाट ट्रेनरकोरुपमा ग्राजुएशन पनि गरेका थिए ।