पत्रकार सन्तोष काफ्लेमाथि आक्रमण, आँखामा गम्भीर चोट

alt
  • मंसिर २६, २०७६
  • १,०५७ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान । पत्रकार सन्तोष काफ्लेमाथि धरानमा बिहीबार आक्रमण भएको छ । सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूको संर्घष समितिको सचिवसहित केही व्यक्तिले आक्रमण गरेका हुन् ।

आक्रमणबाट उनको आँखामा गहिरो चोट लागेको छ भने नाकमा सामान्य चोट लागेको छ । पीडित संर्घष समितिका सचिव नरेश साही ठकुरी, दीपक राई र एक महिलाले हातपात गरेको पीडित पत्रकार काफ्लेले जानकारी दिए । ११ बजे निर्धारित गरिएको कार्यक्रममा ढिलो आएको भन्दै काफ्लेमाथि हातपात गरेको कार्यक्रमको भिडियो फुटेज खिचिरहेको अर्का पत्रकार रुद्र घिमिरेले जानकारी दिए । समितिले बिहीबार पत्रकार सम्मेलन गर्ने कार्यक्रम राखेकाे थियाे । तर, पत्रकार काफ्ले ढिला गरी उपस्थित भएकाे भन्दै विवाद झिकेका थिए ।  

20191212_153914

कुटपीटमा संलग्न अाराेपित नरेश साही । 

 

 

उनले भने, ‘किन ढिलो आएको भन्दै विवाद गरेर एक्कासी आक्रमण ग¥यो ।’ पत्रकार काफ्ले नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष  हुन् भने न्यूज २४ टेलिभिजनका पूर्वाञ्चल प्रमुख हुन् । आक्रमणमा संलग्नसहित इलाका प्रहरी कार्यालय धरानले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको छ । ‘आक्रमणमा संलग्नसहित सबैलाई पक्राउ गरिएको छ’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने, ‘सोधपुछ गरेर आक्रमणकारीलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा मुद्दा चलाउँछौं ।’ पत्रकार काफ्लेकाे बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इमरजेन्सीमा उपचार भइरहेकाे छ । 

नेपाल पत्रकार महासंघ सुनसरीले घटनाकाे घाेर भर्त्सना गर्दै दाेषीमाथि कडा भन्दा कडा कारबाहीकाे माग गर्दै विज्ञप्ति जारी गरेकाे छ । पीडित सङ्र्घष समितिले सल्लेरीका विरुद्ध पटक–पटक आन्दोलन गर्दै आएका थिए । सल्लेरीका अध्यक्ष कृष्ण विकले शिखर सगरमाथा सुनचाँदी पसल सञ्चालन गरेर सल्लेरीको खातामा रकम जम्मा गरेका थिए । सल्लेरीले करिब ८ करोडभन्दा माथि ठगी गरेको पीडितले बताउँदै आइरहेका छन् । अध्यक्ष विकलाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि जेल चलान गरेको छ । अहिले यो मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा पीडितहरूले बारम्बार आन्दोलन गर्दै आइरहेका छन् ।

बराह ज्वेलरीमा बालबा ...

धरान / धरानको बराह ग्रुपले धरानमा बालबालिका लागि सैलुन ...

पाँचौ पानवारी भलिबलक ...

धरान /  पानवारी भलिबल कपको पाँचौ संस्करणको उपाधी ब ...

पार्टी नेतृत्व नसच्च ...

विराटनगर / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुुजा ...

कवि राजकुमार कार्कीक ...

इटहरी / इटहरीमा बरिष्ठ कवि तथा पत्रकार राजकुमार का ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved